मन्त्रिपरिषद् पुनर्गठनमा एकले अर्कोलाई कमजोर पार्ने खेल, भागबण्डा मिलाउनै सकस

डिसी नेपाल
१२ असोज २०७७ ६:४०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सरकारमा मन्त्रीहरु राख्ने र हिटाउने काम गर्दै आएका छन् । अहिलेसम्म जाने र आउनेहरु सामान्य प्रक्रियाबाट भएका छन् । अर्थात् राख्न पनि ओलीले आफ्नो दमले तर फाल्न पनि आफ्नो दमले नै फाले ।

कोही भ्रष्टाचारमा फसे । तर अबको मापदण्ड के हुने भन्नेमै किचलो देखिएको छ । दसैंअघि नै सरकार पुनर्गठनको तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर गहन छलफल चलिरहेको छ । यद्यपि अहिलेसम्म निर्णय भने केही भएको छैन।

सरकार पुनर्गठन गर्दा सबै मन्त्री हेरफेर गर्ने, दुई वर्ष पुगेकालाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा हेरफेर लगायत विकल्पबार छलफल भइरहेको छ। नेकपाको गत हप्ताको सचिवालय बैठक र त्यसअघि २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक नियुक्तिलाई पूर्णता दिने र पार्टी एकताका बाँकी रहेका काम टुङ्गो लगाउने जिम्मेवारी दुई अध्यक्षका साथै महासचिव विष्णु पौडेलललाई दिएको थियो।

राजनीतिक नियुक्तिमा प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर दउवासँग सहमति भएपनि सत्तामा जानका लागि आन्तरिक किचलो मिल्न बाँकी रहेकोे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयागमा प्रमुख आयुक्तसहित दुई आयुक्त निर्वाचन आयोगमा दुई आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार सदस्य, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार सदस्य, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार सदस्य पद रिक्त छ ।

यसै गरी, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य, आदिवासी तथा जनजाति आयागमा े अध्यक्ष र चार सदस्य, मधेसी आयोगमा चार सदस्य, थारु आयोगमा चार सदस्य, मुस्लिममा आयोगमा पनि चार सदस्य पद रिक्त छन् । खेल खेल्दै ओली, अप्ठ्यारोमा प्रचण्ड ओलीले अहिले विभिन्न खेल खेलिरहेको दावी स्रोतले गरेको छ । प्रचण्ड भने सबै नयाँ अनुहारलाई मन्त्री बनाउनु पर्ने पक्षमा रहेका छन् । उनले नयाँ अनुहार लाई ल्यउन पाउने हो भने उनीहरुसँग आफू खेल्न पाउने सोच बनाएका छन् ।

तर नयाँ भन्दा पनि भइरहेकाबाटै हेरफेर गरेर केहीलाई मात्र तलमाथि पार्नका लागि ओली लागेका छन् । ओलीलाइ विष्णु पौडेलले पनि साथ दिएकाले तत्कालीन एमाले पक्षबाट सशक्त व्यक्तिलाई नै मन्त्री बनाउनु पर्ने जोडमा पौडेल छन् । पौडेलले ओलीलाई राम्रो साथ दिने भएकाले अर्थमन्त्री पड्काउने याजनामा समेत रहेको समाचार आजको जनभावना साप्ताहिकले छापेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *