व्यावसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं। व्यावसायी चन्द्र ढकाललाई कोराना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य जाँच गराउँदा आफूलाई कोरोना पोजेटिभ देखिएको ढकालले जानकारी दिएका छन्।
समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ढकालले आफूमा कोराना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। कोरोना पुष्टि भएपनि आफूमा कुनै स्वास्थ्य समस्या नरहेको ढकालले जानकारी दिएका छन्।
ढकालले लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो ९आइतबार० गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु।’
Facebook Comment