सर्वोच्चको प्रश्नः ओम्नीलाई कालो सूचीमा किन राखेको ?
काठमाडौं। कोरोना महामारीका सयममा चीनबाट स्वास्थ्य सामाग्री आपूर्ति गरेको प्रकरणमा मुछिएको ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा किन राखेको भन्दै सर्वोच्च अदालतले कारणदेखाऊ आदेश जारी गरेको छ।
सरकारले २०७७ भदौ २८ गते ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयविरुछ ओम्नीले सर्वोच्चमा रिट दायर गरेको थियो। सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सोमबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सरकारले कारण देखाउको प्रति उत्तर दिएपछि मात्र मुद्दाको फैसला हुनेछ।
प्रतिक्रिया
Facebook Comment