बाँकेमा लागुऔषध नियन्त्रणको महाअभियान
नेपालगन्ज । बाँकेमा लागुऔषध दुब्र्यसन नियन्त्रण महाअभियान शुरु गरिएको छ । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट उक्त अभियान शुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगञ्ज उमपहानगरपालिकाका विभिन्न वडाको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा महाअभियान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
“जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको हो”, बाँके प्रहरी प्रमुख रानाले भने ।
दुव्र्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिइएको बताउदै उनले यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय गरिएको छ भने ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बाँकेका ८० प्रतिशत लागुऔषध कारोवारी र दुव्र्यसनीका कारण नै चोरी, डाँका, लुटपाट, झैझगडाका अधिकांश घटना हुने गरेको छ ।रासस
Facebook Comment