विश्वमा कोरोना : अमेरिकाको २१ राज्यमा संक्रमण बढ्यो, विश्वभर दश लाख बढीको मृत्यु

डिसी नेपाल
१३ असोज २०७७ ७:०२

काडमाडौं। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका कम र मध्यम आय भएका मुलुकमा १२ करोड कोरोना किट उपलब्ध गराउने जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस गेब्रोएसिसले सोमबार त्यसका लागि दुई कम्पनीसँग करार सम्झौता गरेको जानकारी दिए। यी टेस्टिङ किटबाट १५ देखि ३० मिनेटमा नजिता आउँछ।

यी किटमो मूल्य पाँच डलर वा त्यो भन्दा पनि कम पर्ने बताइएको छ। यो हेर्दा प्रेगनेन्सी किट जस्तै देखिन्छ। पोजेटिभ देखाउँदा त्यसमा निलो संकेत हुन्छ। अहिले कोरोना टेस्टको नतिजा एक दिनपछि मात्रै आउँछ।

उता अमेरिकामा कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएको छ। जन हपकिन्स युनिभर्सिटीको तथ्यांकका अनुसार अमेरिकाको ५० राज्य मध्ये २१ राज्यमा गत हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

१९ राज्यमा कोरोना अहिले स्थिर अवस्थामा रहेको छ। १० राज्य यस्ता छन् जहाँ कोरोना संक्रमण दर घट्न थालेको छ। अमेरिकामा अहिलेसम्म ७३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने दुई लाख भन्दा धेरैको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख भन्दा धेरै पुगेको छ। निको हुनेको संख्या २ करोड ४७ लाख ७९ हजार ६५१ भन्दा धेरै छ। कोरोनाबाट मृत्यु हुनेको संख्या दश लाख बढी पुगेको छ।

अमेरिकामा ७३ लाख ३७ हजार ६८९ जना संक्रमित भएका छन् भने २ लाख ९ हजार ६०१ जनाको मृत्यु भएको छ। अमेरिकामा ४५ लाख ९० हजार ४७२ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ६१ लाख ३७ हजार ९४१ जना संक्रमित भएका छन्। भारतमा ९६ हजार २७५ जनाको मृत्यु भएको छ भने ५० लाख ८७ हजार ८१२ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४७ लाख ३६ हजार ८१३ जना संक्रमित भएका छन् भने १ लाख ४१ हजार ८७७ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४० लाख ६० हजार ८८ जना निको भएका छन्।

विश्वको जनसंख्या ७८० करोड भन्दा धेरै छ, विश्वमा प्रत्येक २३४ औं व्यक्ति संक्रमित रहेको पाइएको छ। भारतमा प्रत्येक २२७ औं व्यक्ति कोरोना संक्रमणको चपेटामा छ। चीनले भने कोरोनामाथि नियन्त्रण जमाएको छ।

चीनमा कुल जनसंख्याको १६, ८५९ औं व्यक्ति संक्रमित छ। अमेरिका र ब्राजीलको अवस्था सबैभन्दा नाजुक छ। त्यहाँ प्रत्येक ४५ औं व्यक्ति संक्रमित भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *