वामदेव प्रकरण : संवैधानिक इजलासमा सुनुवाई सकिएन

डिसी नेपाल
१४ असोज २०७७ १७:१३

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनयन गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्चको संवैधानिक इजलासमा बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अर्का अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टा छुट्टै रिटमाथि बुधबार सुनुवाई भएको हो। दुबैजना अधिवक्ताहरुले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नु संविधानको मर्मविपरित भएको भन्दै सो मनोनयन खारेज गर्न माग गरेका थिए।

सो रिटमाथि यसअघि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन भनेको थियो।

बुधबार प्रधानन्यायधीश चोलेन्द्र शम्शेर ज।ब।रा। र न्यायधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई भएको हो।

बुधबार निवेदनका तर्फबाट बहस सकिएको तर, विपक्षीकातर्फबाट बहस नसकिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। बुधबार सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सुनुवाई शुक्रबार फेरि हुनेछ।

बुधबार विपक्षी (राष्ट्रिपतिको कार्यालय)का तर्फबाट महान्यायधीवक्ता अग्नि खरेल र सहमहान्यायधीवक्ताले बहस गरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *