गुजरातमा किशोरी अपहरणको अभियोगमा एक नेपालीलाई ३ वर्षको जेल सजाय

डिसी नेपाल
१५ असोज २०७७ १३:०१

काठमाडौं। १८ वर्ष पुरानो मुद्दामा भारतको गुजरातको एक अदालतले एक नेपालीलाई ३ वर्षको जेल सजाय सुनाएको छ । ती नेपालीलाई ३ वर्षअघि महाराष्ट्रको ठाणेबाट पक्राउ गरिएको थियो । प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार पोरबन्दरको एक सेसन कोर्टले वीरेन्द्र सेतावालालाई ३ वर्षको जेल सजाय सुनाएको हो ।

सेसन जज नवत प्रविन सैयदले अभियुक्तलाई ३ वर्षको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएका हुन् । ती नेपालीले २००२ मा एक १६ वर्षकी किशोरीलाई अपहरण गरेको आरोप लगाइएको थियो । ती किशोरीलाई अपहरणको केही महिनापछि उद्धार गरिएको बताइएको छ । त्यतिबेला नै ती नेपालीविरुद्ध आइपीसी धारा ३६६ (अपहरण र जबरजस्ती विवाह) को मुद्दा दर्ता गरिएको थियो ।

ती किशोरी आरोपीसँग २००२ मा भागेको बताइएको छ । उनको परिवारले खोज्ने क्रममा उनी ती नेपालीसँग वलसादको सारिगाममा बसिरहेको पाएका थिए । त्यसपछि किशोरीका परिवार त्यहाँ जाँदा उनहिरुलाई कथित रुपमा फर्केर जान धम्की दिइएको थियो । पछि ती किशोरीले आफ्नी दिदीलाई सम्पर्क गरेर आफू बसेको ठाउँबारे बताएकी थिइन् । त्यहााबाट उनलाई महाराष्ट्र र गुजरात पुलिसले उद्धार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *