तपाई कतारमा हुनुहुन्छ ? यसरी गर्नुहोस् रोजगारदाता परिवर्तन

डिसी नेपाल
१५ असोज २०७७ १५:०२

काठमाडौं । तपाई कतारमा हुनुहुन्छ ? के तपाईलाई कतारमा रोजगारदाता परिवर्तन गर्न पाइने नयाँ कानून लागू भएको थाहा छ ? कतार सरकारले रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रम कानुनमा संशोधन गर्दै कम्पनी परिवर्तन गर्दा कामदारलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने नियम बनाएको छ।

नयाँ नियम अनुसार तपाईले कम्पनी फेरबदल गर्न चाहेमा रोजगारदाताको अनुमति बिनै काम परिवर्तन गर्न पाउनुहुनेछ ।

यस्ता छन् रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाहरु-

१. रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।

–  २ वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने । रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ। करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने ।

-यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने । सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फारामसमेत संलग्न गर्नु पर्दछ।

-रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली (Electronic Notification system of ADLSA) बाट  Electronic Notification system of ADLSA लिंकमा गएर दिने । सूचना दिईसकेपछि कामदार र जान चाहेको रोजगारदाता कम्पनीलाई एसएमएसबाट जानकारी आउनेछ ।

२. नयाँ रोजगारदातासँग रोजगार करार गर्ने । नयाँ रोजगारदाता कम्पनीले कामदारसँग छलफल गरी करार पत्र बनाउनेछन् । करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण गर्नको लागि Digital Authentication लिंकमा गएर गर्ने ।

३. कतारको नयाँ आईडी बनाउने ।

-करार पत्र प्रमाणिकरण (Authenticated ) भएपछि नयाँ रोजगारदाता कम्पनीले कतार आईडीको लागि मिनिष्ट्रि अफ इन्टेरियर (Ministry of Interior)मा अनुरोध गर्ने । नयाँ रोजगारदाता कम्पनीले कतार आईडी कार्ड र हेल्थ कार्ड बनाइदिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *