कोरोना महामारीबीच एडिबी लगानीका आयोजना सुचारु
काठमाडौं । कोभिड १९ महामारीले विकास आयोजना प्रभावित भईरहेका बेला एसियाली विकास बैंक (एडिबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेकोे छ । कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाईएको हो ।
बैंकले आफ्ना पूर्ण लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे जनाएको छ । एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडिबीले जनाएको छ ।
एडिबीले अन्तरर्राष्ट्रिय उत्तम अभ्यासहरु अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मे देखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकले जनाएको छ ।
कोभिड जोखिम व्यवस्थापन सम्बन्धि सरकार तथा अन्य आधिकारिक निकायहरु जस्तै डब्लुएचओ, आइएलओ, आइएफसीले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडिबीले ‘मे’देखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो । त्यसका लागि एडिबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण व्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए ।
एसओपीमा निर्माण कार्य शुरु गर्दा व्यवस्था गर्नुपर्ने मूख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।
निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतिmगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन शुरु गरिएको थियो । त्यसक्रममा भौतिक दुरी, व्यक्तिगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।
त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाईने कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए । आपतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वारेन्टीनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।
एसओपीको उद्देश्य भनेको नै भाईरस संक्रमणबाट बच्न रोकथाम, संक्र्रमण परिक्षण तथा आपत्कालीन प्रकृयाको प्रणालीगत व्यवस्था गर्नु रहेको एडिबीले जनाएको छ । जोखिम व्यवस्थापनका लागि कार्य, सञ्चार तथा मानव व्यवहारको संयुक्त कार्यक्रम, सरकारद्धारा जारी निर्देशन, निर्देशिका र अन्तराष्ट्रिय असल अभ्यासहरुको अनुशरण गर्नु र विकास आयोजनालाई निरन्तरता दिनु नै एसओपीको मूख्य लक्ष्य रहेको बैंकले जनाएको छ ।
एसओपी आयोजनाको वातावरणीय व्यवस्थापन योजना तथा पेशागत स्वास्थ र सुरक्षा योजनाको पुरक योजना भएको एडिबीले जनाएको छ । आयोजनामा प्रयोग भईरहेको वातावरणीय व्यवस्थापन योजना तथा पेशागत स्वास्थ्य र सुरक्षा योजना तथा अन्य दस्तावेजलाई एसओपीले विस्थापन नगर्ने जनाइएको छ । एसओपीले नेपाल सरकारको प्रचलित कानुनी तथा विकास साझेदारहरुको प्रावधानहरुको पालना गरेको पनि बैंकले जनाएको छ ।
Facebook Comment