तीस हजार गाँजाको बोट नष्ट

डिसी नेपाल
१५ असोज २०७७ २१:१२

गलकोट । जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका–६ सिपमा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटाइएको प्रहरीले आज करिब ६० रोपनी जग्गामा लगाइएको ३० हजार गाँजाका बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

बागलुङ प्रहरीले केही दिनदेखि अवैध रुपमा रहेको गाँजा र घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । सोअन्तर्गत निसीखोलामा ठूलो मात्रामा गाँजा खेती गरिँदै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरी नष्ट गरिएको रेग्मीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *