लाखौंको रहरबाली नष्ट

डिसी नेपाल
१५ असोज २०७७ २२:३७

महोत्तरी । अबिरल वर्षाको पानीले डुबानमा पर्दा महोत्तरीका दुई सयभन्दा बढी बिघामा लगाइएको रहर ९दाल० बाली नष्ट भएको छ ।

जिल्लाको सबैभन्दा होचो भूभागमा पर्ने सदरमुकाम जलेश्वर नगरपालिका र आसपासका खेतबारी वर्षाको पानीले डुबानमा पारेपछि लाखौंको रहरबाली नष्ट भएका हुन् । रहरबाली नष्ट हुँदा यस क्षेत्रका किसान चिन्तित भएका छन् । “खेतमा वर्षाको पानी पसेर रहरको बोट सुकेर नष्ट भएको छ”, जलेश्वर नगरपालिका–।८ का किसान रामबाबु चौधरीले भने, “ वर्षाको पानीले खेतबारी डुवान हुँदा यस क्षेत्रमा लाखौं मूल्य बराबरको रहरबाली नष्ट भएको छ ।”

धान खेतीको आली र उचो भागको खेतमा लगाइएको रहरबाली पानी पसेर सबै बोट सुकेको र यसबाट लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–६ का किसान आलम राईनको भनाइ छ । रहरबालीमा पानी लागेपछि तुरुन्तै बोट सुकेर नष्ट हुने गर्छन् । यो वर्ष जलेश्वर र आसपासका करीब दुई सय बिघामा लगाइएको रहरबाली नष्ट हुँदा लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–।२ का किसान रामविलास महतोले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *