‘कोरोनाको रिपोर्ट नेगेटिभ आएको दिन अनौठो अनुभव गरेँ’
म स्वाब दिनु पहिले नै होम आइसोलेसनमा थिएँ। मलाइ देखिएका केही लक्षणहरुले म सजग हुन जरुरी थियो। स्वाब दिएपछि पनि म सँगै दिएका साथिहरुको रिपोर्ट आयो। मेरो आएन।
सबैले पोजेटिभ भएर घरमा बसेको भनेछन्। म पनि सार्वजनिक व्यक्तित्व भएका कारण र धेरैसँग भेटघाट हुने भएकाले अरुहरुको तर्फबाट चासो व्यक्त गर्नु स्वभाविक नै थियो।
मैले फेसबुकमा आज आउँछ रिपोर्ट भनेर पोष्ट गरेँ। नभन्दै बेलुका रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ आएको थियो। पछिल्लोदिन विहान मेरो एकजना साथि (प्रकाश पन्त)ले फेसबुकमा राखौँ होला सर भन्नु भयो।
धेरैसँग भेटघाट गरेको कारण फेसबुकबाट ‘एक्सपोज’ भएँ। म फेसबुकबाट एक्सपोज भएपछि धेरै साथीहरुको सान्त्वना, शिघ्र स्वास्थ्य लाभका कमना केही हैन, केयर गर्नुहोस् जस्ता सन्देशले मलाइ आत्मबल बढायो।
रिपोर्ट पोजेटिभ आएको कुरा थाहा पाएपछि २ दिनसम्म के गर्ने कसो गर्ने भनेर पुरै आराम गरेँ। धेरै पढेको लेखेको कारण पनि होला रिपोर्ट पोजेटिभ भन्दा त एकछिन आत्तिएँ पनि। कता कता मनमा त्यस्तो किसिमको डर पैदा आफै हुँदो रहेछ।
समाजले गर्ने व्यवहारले नै कतिपय बिमारीहरु बाहिर आउँन चाहेका छेनन्। कतिपयले चेकजाँच पनि गर्ने चेष्ठा नै गरेका छैनन्। उनीहरुलाई समाजले हामीलाई कस्तो व्यवहार गर्ला भन्ने मात्र डर छ। हामीलाई कतै घरबेटीले घरमा बस्न दिँदैन की भन्ने पनि डर छ। सायद यही डरले नेपालमा कोरोना भूसको आगो सरी भित्र भित्र जलिरहेको छ।
मैले त्यो डर भगाउने उपाए भनेको आफ्नो काम सम्झेँ। व्यूरोको साथीहरुसँग कुरा गरेँ । म घरबाट नै काम गर्न सक्छु। मैले तेस्रो दिनदेखि काम सुरु गरेँ। घरबाट नै रिपोर्टिङ गरेँ। अरु बेलाको भन्दा यस्तो बेलाको काम गराईले मलाइ बढी आनन्द दियो। आफूले लेख्ने समाचार र व्यूरोका साथीहरुसँग गर्नु पर्ने समन्वय काम गरेँ।
यो काम गर्नुको पछाडिको कारण भनेको मैले आफूलाई बलियो देखाउनु नै हो। यस्तो बेलामा आत्मबल उच्च राख्नु पर्छ। आफूलाई कमजोर महशुस गराउनु हुँदैन भन्ने पढेको र लेखेको भएका कारण मैले पनि त्यही गरेँ।
साच्चिकै त्यसले एक प्रकारको अलगै महशुस गराउँदो रहेछ। जब मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आयो अनि पो मलाइ अच्चम लाग्यो । कोरोना लागेको बेला मैले आराम गर्नु पर्ने बेला कति धेरै काम गरेँ त? म कस्तो मुर्ख रै छु त? सबैभन्दा गजबको अनुभूति भयो। मैले आफैले आफैमाथि कत्रो रिक्स लिएछु झैं लाग्यो। कोरोना पोजेटिभ भएर बस्दासम्म कुनै अनुभव न भएको म रिपोर्ट नेगेटिभ भयो भन्दा पो झस्किएँ।
मैले सुनेको छु। पढेको र लेखेको पनि छु। साथीहरुले पनि हाम्रो त समाजले यस्तो र उस्तो व्यवहार गर्यो भनेको छन्। मैले समाजको बारेमा कुरा गर्दा त खुसीको अनुभूति हुन्छ। मलाइ मेरो समाजका हरेक एक व्यक्तिले कोरोनासँगको लडाईका प्रत्येक पाइलामा सपोर्ट गर्नु भयो। म विमारी हुँदा पनि मेरो घरमै आउने भौतिक दुरी कायम गरेर बस्ने।
केही छैन चिन्ता नलिनुहोस्। कोरोना सबैलाई छ। हामीले चेक जाँच नगराएर मात्र हो। त्यस्तो केही पनि हुँदैन भन्नु हुन्थ्यो। उहाँहरुको हरेक बचन मेरालागि ओखति हुन्थेँ। एक क्याब्सुल बराबरको डोज प्रदान गर्थे। म एक पल पुनः सन्चो भएँ झै अनुभूति गर्थेँ। लाग्थ्यो छिमेकी होस् त यस्तो।
मैले आफूले अनुभव गरी रहँदा र साथीहरुको कुरा सुन्दा कोरोना संक्रमण मुक्त गराउनमा समाजको पनि महत्वपूर्ण हात हुन्छ झै लाग्यो। समाजले संक्रमितको रुपमा नहेरेर अन्य सामान्य विमारी हुँदाको जस्तो माया र सदभाव कायम राख्नु भयो भने रोगीलाई आफ्नो रोगसँग लड्न सहयोग मिल्ने रहेछ।
समाजले गर्ने व्यवहारले नै कतिपय बिमारीहरु बाहिर आउँन चाहेका छेनन्। कतिपयले चेकजाँच पनि गर्ने चेष्ठा नै गरेका छैनन्। उनीहरुलाई समाजले हामीलाई कस्तो व्यवहार गर्ला भन्ने मात्र डर छ। हामीलाई कतै घरबेटीले घरमा बस्न दिँदैन की भन्ने पनि डर छ। सायद यही डरले नेपालमा कोरोना भूसको आगो सरी भित्र भित्र जलिरहेको छ।
अन्त्यमा कोरोना केही हैन भन्ने हैन। केही हो भन्ने पनि छैन। हामीले अपनाउनु पर्ने सतर्कता अपनाउँनै पर्छ। मास्क सेनिटाईजर लगाएतका स्वास्थ्य सुरक्षाका उपाएहरु अपनाउँनै पर्छ। यो सँगै हामीले समाजमा सचेतनाका काम पनि गर्नु पर्छ।
कोरोना व्यक्तिपिच्छे फरक हुने हुँदा हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गरेर कोरोनासँगको लडाईँ लडनु पर्छ। कतिपयलाई यसले केही असर नगर्न सक्छ। उहाँहरुले कोरोना केही हैन भन्न सक्नु हुन्छ।
तर, कतियको कोरोनाकै कारण ज्यान पनि गएको छ। ज्यान गएपछि उहाँहरुले कोरोना के हो भन्ने बोल्न नसके पनि बताएर जानु भयो कोरोना केही हो। सजग र सतर्क रहनै पर्छ। हामीले कोरानालाई लिएर खेलाचीँ गर्नु हुँदैन।
पत्रकार सेजुवालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित
Facebook Comment