प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय
काठमाडौं। प्रदेश नम्बर पाँचको राजधानी दाङको भालुवाङलाई बनाउने निर्णय भएको छ। प्रदेश नम्बर पाँचको मन्त्रिपरिषद बैठकले दाङको भालुवाङलाई राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
लामो समयसम्म राजधानीका विषयमा विवाद हुँदा प्रदेश नम्बर पाँचको नाम र राजधानी तय हुन सकेको थिएन। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने सहमति भएको थियो।
शीर्ष नेताबीच सहमति भएसँगै बसेको पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश राजधानी दाङको भालुवाङलाई राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रदेश राजधानी दाङमा बनाउने कि बुटवल भन्ने विषयमा पूर्व एमालेभित्र विवाद थियो। मुख्यमन्त्री पोखरेल दाङलाई राजधानी बनाउने पक्षमा थिए भने महासचिव पोखरेल बुटलवलाई राजधानी बनाउनु पर्ने पक्षमा थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको बढी सदासयता पोखरेलप्रति भएका कारण दाङमा राजधानी बनाउन पोखरेल सफल भएको बताइन्छ।
Facebook Comment