देउखुरीमा प्रदेश राजधानीको प्रस्ताव गर्दा बुटवलमा प्रर्दशन, ५ वटा सरकारी गाडी तोडफोड

डिसी नेपाल
१६ असोज २०७७ २२:५६

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्गमा राख्ने प्रस्ताव गरेसँगै रुपन्देहीको बुटवलमा विरोध शुरु भएको छ । बुटवलमा विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले शुक्रबार दिउँसो ५ वटा सरकारी गाडीमा तोडफोड र एउटा सरकारी स्कुटर माथि आगजनी गरेका छन् ।

अस्थायी राजधानी तोकिएको बुटवलबाट एकाएक नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको प्रदेश सरकारले प्रदेश नं ५ को स्थायी राजधानी बनाउनका लागि दाङको भालुवाङ्गस्थित राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगालाई समेट्ने गरी प्रस्ताव पेश गरेपछि सोको विरोधमा बुटवलमा निकालिएको विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सडकमा सवार सरकारी गाडी माथि तोडफोड गरेका हुन् ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा स्थायी राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । बुटवलमा प्रर्दशन हुँदा ५ वटा गाडीमा तोडफोड भएको जनाएका छन् ।

रुपन्देही प्रहरीका अनुसार सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडी पनि तोडफोड भएको छ । नेविसंघले प्रदेश राजधानीलाई बुटवल बाट दाङ सार्न नदिनका लागि शनिवार पार्टीको वृहत वैठक वस्ने र थप आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने वताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *