ठाउँ ठाउँमा लुटिँदै खाडी पुग्छन् श्रमिक, अनि फेरि लुटिन्छन्
यतिबेला विश्व आधुनिकीकरणको चरम उत्कर्षमा पुगेको छ। उदाहरणका रूपमा नक्कली चन्द्रमा बनाउनेदेखि मंगलग्रहमा बस्ती बसाल्नेसम्मका प्रयास हुदैछन्। तर, विडम्बना हाम्रो देश नेपालचाहिँ भाडाका मजदुरहरु उत्पादन गर्ने देशको रूपमा स्थापित हुँदै गएको छ।
यतिबेला आधिकारिक तथ्यांक नभए पनि ६५ लाखभन्दा धेरै नेपाली युवा युवती श्रमिकको रूपमा विभिन्न मुलुकहरुमा कार्यरत छन्। त्यसमा पनि मुख्य गरेर खाडी मुलुकमा। आजको विश्व श्रम बजारमा नेपाल भनेको भाडाका श्रमिक उत्पादन गर्ने देश र नेपालीहरु सबैभन्दा सस्ता मजदुरहरु हुन् भनेर मूल्यांकन हुने अवस्था सिर्जना भैरहेको छ।
यो निकै दुःखद सँगै समवेदनशील विषय पनि हो। अर्कोतर्फ प्रवासमा नेपालीहरु नेपालीबाट नै ठगिने लुटिने क्रम उत्तिकै मात्रामा बढ्दो छ तसर्थ योबारेमा तपाईं हामी र राज्य समयमा नै गम्भीर भएनौ अथवा हुन सकेनौ भने यसले विकराल बिकृतिको रुप लिंदै जाने निश्चित छ।
कसरी शुरु हुन्छ श्रमिकमाथि लूट
विगत केही वर्षदेखि प्रत्यक्ष रूपमा श्रमिकहरुकै पक्षमा सक्रिय रहेर काम गर्दै आउँदा म आफैले प्रत्यक्ष अनुभव गरेका कुरालाइ थोरै यहाँ जोडन चाहन्छु। सर्वप्रथम त नेपाली श्रमिकमाथि नेपालबाट नै सुरु हुन्छ ठगिने र लुटिने प्रक्रिया।
दैनिक हजारौं हजार समस्याहरु छन अहिले पनि नेपाली श्रमिकका यो सँगसँगै ४–५ लाख कामदार भएको देशमा कुटनैतिक नियोगको अहिलेको श्रोत साधनले कामदारका समस्याहरु वास्तविकरूपमा बुझ्न र समाधान गर्न सक्ने संभावना निक्कै कम छ। कयौं दूतावास श्रमिकका समस्याबारेमा गैरजिम्मेवार पनि छन् पछिल्लो उदाहरण युएईस्थित नेपाली राजदूतावासलाई लिन सकिन्छ।
बेरोजगारी समस्याले आक्रान्त बनेका युवा युवतीहरु खाडी मुलुकमै आएर भएपनि २–४ पैसा कमाएर जीवन धान्ने र परिवार पाल्ने झिनो आशामा हरियो पासपोर्ट हातमा बोकेर भौतारिदै गर्दा नै बिचौलिया र दलालहरुको हातमा पुग्न विवश छन्।
जब दलालहरुको हातमा पुग्छन् गरिबीले थिलथिलो बनाएका ती युवाहरूलाई विभिन्न बहानामा लुट्न सुरु गरिन्छ। त्यतिले मात्रै पुग्दैन मेनपावर अफिसमा पनि अर्को चरण लुटिन्छन् ।
त्योसँगै रोजगारदाता कम्पनीबाट पहिल्यै एजेन्टहरुले पर्याप्त कमिसनमा भिसा उपलब्ध गराएका हुन्छन्। यी सबैको कमिसन पनि त्यही खाडी आउने बेरोजगार युवालाई बोकाएर २ देखि ३ लाख पैसा लुटिएर मात्रै उनीहरु बल्लतल्ल खाडी पुग्छन्।
खाडी आइपुगेपछि नेपालमा देखेका सपनाहरु बिस्तारै अर्थहीन हुन थाल्छन किनकि खाडीमा झनै योजनाबद्ध रूपमा स्टेपस्टेप प्रक्रिया पुर्याई पुर्याई लुटिन्छन्। अपवादबाहेक नेपालमा सम्झौता भएअनुसारको काम, सेवा, सुविधा पाइँदैन।
त्यसमाथि पनि उनीहरुका लागि बस्ने उपयुक्त होस्टेल हुदैन भेडा बाख्राजस्तै बनाएर राखिन्छ । अर्कोतिर छुट्टी र होलिडेका कुराहरु पनि सम्झौता पेपरमा मात्रै सीमित हुन्छन्। धेरैजसो त बिरामी हुदा राम्रोसँग औषधि उपचार पाउँदैनन् विभिन्न बहानामा कम्पनीहरुले पैसा काट्ने प्रक्रिया सुरु हुन्छ।
साच्चिकै भन्नु पर्दा दास गुलामहरुको भन्दा खासै फरक छैन नेपाली श्रमिकको अवस्था धेरैजसोको। नत सुरक्षा बिमाको नै भरपर्दो व्यवस्था छ। सम्पूर्ण जीवन नै जोखिममा राखेर काम गर्नुपर्ने त छँदै छ।
जोखिमका बारेमा न त तालिम हुन्छ न कसैलाई मतलब नै हुन्छ। दैनिक हजारौं हजार समस्याहरु छन अहिले पनि नेपाली श्रमिकका यो सँगसँगै ४–५ लाख कामदार भएको देशमा कुटनैतिक नियोगको अहिलेको श्रोत साधनले कामदारका समस्याहरु वास्तविकरूपमा बुझ्न र समाधान गर्न सक्ने संभावना निक्कै कम छ।
कयौं दूतावास श्रमिकका समस्याबारेमा गैरजिम्मेवार पनि छन् पछिल्लो उदाहरण युएईस्थित नेपाली राजदूतावासलाई लिन सकिन्छ। अर्कोतर्फ रोजगारदाता कम्पनीले कसरी काम लगाइरहेका छन्, श्रमिकहरुको अवस्था कस्तो छ अनुगमन कहिल्यै हुदैन। सोझा सिधा श्रमिकहरुलाई दूतावास कहाँ छ कसरी जाने समस्या कसरी राख्ने भन्ने सम्म जानकारी हुँदैन र चुपचाप समस्या झेल्दै काम गर्न विवश छन्।
केही त गर सरकार
नेपालबाट आफू कुन देशमा जाने हो त्यहाको सामान्यत नियम कानुन दूतावास कम्पनीको पूरा विवरण नै नबुझीकन नै विदेश आएका श्रमिकहरुलाई झनै धेरै कठिन छ। तसर्थ अहिले श्रमिकहरुका लागि निम्न विषयहरुमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ।
पहिलो कुरा नेपालमै हुने ठगीलाई नियन्त्रण गर्नको लागि विदेश आउन गरिनुपर्ने सम्पुर्ण प्रक्रिया अन्लाइन सिस्टम बनाउन आवश्यक छ। यसो हुन सकेको खण्डमा थोरै भए ठगी कम हुनेछ। दोस्रो कुरा भनेको कामदारको २४ घण्टे जीवन बिमालाई अनिवार्य गरिनुपर्छ, यसो भएको खण्डमा कामदारको जीवन सुरक्षासगै उनीहरुको कारणवस मृत्यु हुन पुगेमा परिवारलाई केही हदसम्म राहत मिल्न सक्छ।
विशेषगरी विभिन्न देशमा काममा जादा र कामबाट आउदा पनि विभिन्न खाले सुरक्षा चुनौतीहरु कामदारले झेल्दै आएका छन्। तेस्रो कुरा भनेको कामदार कार्यरत कम्पनी र होस्टेलहरुको नियमित अनुगमनको लागि नेपाल सरकारले कुटनैतिक नियोगहरुमा जनशक्ति थप गर्न पनि आवश्यक छ।
खाडी आइपुगेपछि नेपालमा देखेका सपनाहरु बिस्तारै अर्थहीन हुन थाल्छन किनकि खाडीमा झनै योजनाबद्ध रूपमा स्टेपस्टेप प्रक्रिया पुर्याई पुर्याई लुटिन्छन्। अपवादबाहेक नेपालमा सम्झौता भएअनुसारको काम, सेवा, सुविधा पाइँदैन। त्यसमाथि पनि उनीहरुका लागि बस्ने उपयुक्त होस्टेल हुदैन भेडा बाख्राजस्तै बनाएर राखिन्छ ।
पछिल्लोचरण विभिन्न खाले इमोशनल ब्ल्याकमेलिङसमेत सुरु भएका छन्। यसलाई आम श्रमिक सचेत भरेर ब्ल्याकमेलिङविरुद्ध सामुहिक आवाज उठाउन आवश्यक छ। सँगसँगै न्यूनतमरूपमा पाउनु पर्ने सेवा सुविधा पनि श्रमिकहरु उपलब्ध गराउन आवश्यक कदमहरु अगाडि बढाउन जरुरी मात्रै होइन अनिवार्य छ। विभिन्न प्रकारले समस्यामा परेका श्रमिकलाई उद्वार तथा पुनस्थापना तत्काल गर्नु जरुरी छ।
अहिले पछिल्लोचरण कोभिड–१९ को कारण नेपाली श्रमिकको अवस्था अत्यन्तै नाजुक भएको छ। लाखौं नेपाली कामदारले रोजगारी गुमाउनु परेको छ भने हजारौं बिचल्लीमा छन्। अहिलेसम्मको अनुभवले अर्को के कुरा पनि देखाउँछ भने अब श्रमिकहरु आफै नै एकतावद्ध भएर अगाडि बढ्न अनिवार्य भएको छ।
अन्तिममा संसारभर श्रमिकका रूपमा कार्यरत आम नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीलाई पनि म के अपिल गर्न चाहन्छु भने आउनुहोस् एकपटक हातमा हात र काधमा काधमा मिलाउदै मजदुरका लागि मजदुर अभियानमा आम नेपाली श्रमिकलाई एकतावद्द भएर श्रमिक माथिका शोषण उत्पीडन अन्याय अत्याचार, ब्लाकमेलिङविरुद्ध निर्मम संर्घषकै आवश्यकता छ।
किनकि संबन्धित पक्षहरु मजदुरका यी समस्याहरु सजिलै समाधान गर्ने पक्षमा देखिँदैनन् वा, दलालहरुको पक्षमा देश विदेशमा भएका राज्यका निकायहरु लाग्ने गरेका कारण मजदुरका कुरा सुनिएका छैनन्। उनीहरुलाई मजदुरका कुरा सुनाउनकै लागि पनि विदेशमा कार्यरत श्रमिकहरुको संगठित आवाजको जरुरी छ।
(भट्टराई नेपाली मजदुर एकता समाजका कार्यवाहक महासचिव हुन्, उनी मलेसिया बस्छन्)
Facebook Comment