बालुवाटार कोरोना ‘हटस्पट’ बनेपछि…

डिसी नेपाल
१७ असोज २०७७ २०:०२

काठमाडौं। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाह कोरोना संक्रमित भइन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहे पनि दोस्रो पटक मिर्गौला फेरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य नियमित चेक जाँच गरिरहनुपर्छ।

उनको स्वास्थ्य हेर्ने चिकित्सक नै कोरोना पोजेटिभ भएपछि बालुवाटामा रहेका सल्लाहाकारहरु, स्वकीय सचिव, निजी सहयोगी र सुरक्षाकर्मीहरुको पनि कोरोना परीरक्षण गरियो।

शनिबार कोरोना परीक्षणको रिपोर्ट आउँदा बालुवाटारमा कोरोना भयानक रुपमा फैलिएको देखिएको छ। बालुवाटारमा प्रधानमन्त्री ओलीसँग निकट सम्पर्कमा रहेका सल्लाहाकारहरु र स्वकीय सचिबसहित ७४ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई , प्रेस सल्लाहाकार सूर्य थापा र स्वकीय सचिब इन्द्र भण्डारी संक्रमित भएको पुष्टि भएको छ।

यस्तै बालुवाटार सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी कुल ७४ जना संक्रमित भएका छन्। प्रधानमन्त्री ओलीको निकट सम्पर्कमा रहेका व्यक्तिहरु संक्रमित भए पनि प्रधानमन्त्री ओलीबारे भने केही जानकारी दिइएको छैन। अझै ४५ जनाको रपोर्ट आउन बाँकी रहेको बताइएको छ।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना संक्रमण फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका भेटघाट स्थगित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *