भक्तपुरमा १७ वर्षकी किशोरीमाथि २ दिनसम्म सामूहिक बलात्कार, ३ मध्ये २ आरोपी पक्राउ

डिसी नेपाल
१८ असोज २०७७ १५:३६

काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि दुईदिनसम्म लगातार बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले शुक्रबार शनिवार किशोरीलाई लठ्याउने औषधि खुवाएर सामूहिक बलात्कार गरेका थिए ।

काठमाडौ–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको उजुरीको आधारमा दुई जनालाई महानगरीय प्रहरी वृत जगातीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् ।

महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राजेश थापाका अनुसार किशोरीलाई बसकै कर्मचारीहरुले लठ्याउने औषधि खुवाएर दुईदिनसम्म बलात्कार गरेका थिए । सो घट्नामा संलग्न एक जना भने फरार रहेको छन् । उनीहरुले ती किशोरीलाई काठमाडौबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । शनिवार ५ बजे मात्रै ती किशोरी प्रहरीको सम्पर्कमा पुगेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *