अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अक्सिजन दिइएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा. केसीको शरीरमा अक्सिजनको कमी भएपछि अस्किजन दिइएको चिकित्सहरुले जनाएका छन्।
डा. केसी अनशन बसेको आइतबार २१ औं दिन हो। २१ औं दिनसम्म पनि सरकारले वार्ता गर्ने कुनै पहल गरेको छैन। सामाजिक सञ्जालहरुमा वार्ता गर्न र डा. केसीको जीवन रक्षा गर्न भन्दै अभियान सुरु गरिएको छ।
सामाजिक सञ्जालमा डा. केसीलाई अनशन तोड्नसमेत अपील गरिएको छ। डा. केसी सातै प्रदेशका शिक्षण अस्पताल सञ्चालन गर्नुपर्ने मुख्य माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका हुन्।
डा. केसीको मागप्रति पूर्व राष्ट्रपतिदेखि प्रतिपक्ष दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन्। तर सरकारले डा. केसीको माग सम्वोधन गर्न कुनै पहल गरेको छैन।
Facebook Comment