कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार बोर्डकाे सेवा बन्द, शव ढुवानी भने नरोकिने

डिसी नेपाल
१८ असोज २०७७ १६:२९

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले आफ्नो सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बोर्डबाट प्रदान गरिँदै आएका आर्थिक सहायताका सेवा बन्द गरेको हो।

बोर्डले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ।

सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धीत व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिन आग्रह गरिएको छ। स्थानीय तहले कागजातहरु रुजु गरी आधिकारीक इमेलबाट बोर्ड सचिवालयमा इमेल प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता बापतको रकम पठाउने बोर्डले जनाएको  ।

तर, सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानीको कार्य भने यथावत रहने बताइएको छ ।शव ढुवानी सेवाका लागि सचिवालयका शाखा अधिकृत गोविन्दप्रसाद आचार्य ९८४१७५५४५१ तथा नासु आशिस कुमार भण्डारी ९८५१२२६४१९ लाई सम्पर्क गर्नबोर्डले अनुरोध गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *