हेलिकप्टरबाट सुत्केरीको उद्धार

डिसी नेपाल
१८ असोज २०७७ १८:११

बलेवा । स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।

आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । दुवै शिशुको तौलसमेत औसतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थिए । अपराह्न आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पु¥याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *