तातोपानी नाकाबाट आउन थाल्यो चिनियाँ सामान

डिसी नेपाल
१८ असोज २०७७ १९:३१

काठमाडौं। गएको असार अन्तिमबाट बन्द रहेको तातोपानी सुख्खा बन्दरगाहा आइतबारबाट सञ्चालनमा आएको छ। करिब ८० दिनपछि तातोपानी नाका हुँदै चिनियाँ सामान नेपाल भित्रिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘आज (आइतबार) चिनियाँ भन्सारबाट छुट भएर कन्टेनर नेपाली भन्सारमा आइपुगेका छन्। भोलिबाट (सोमबार) नेपाली भन्सारले पनि भन्सार पास गर्छ।’

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्कीले आइतबार साँझ ट्वीट गर्दै तातोपानी सुख्खा बन्दरगाहा सञ्चालनमा आएको भन्दै खुशी व्यक्त गरेकी छन्। नेपाल र चीनको सँयुक्त प्रयासमा सुख्खा बन्दरगाहा सञ्चालनमा आएको उनले बताएकी छन्।

राजदूत यान्कीले हाल बन्द रहेको रसुवा नाका पनि छिटै सञ्चालन हुने बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *