अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा सुधार
वाशिंटन। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ। यसअघि ट्रम्पको अवस्था गम्भीर भएको बताइएको थियो।
ट्रम्पको उपचारमा संलग्न मेडिकल टीमले उचारका क्रममा ट्रम्पको ब्लड अक्शिन दुई पटक लो भएको देखिएको बताएका थिए। तर, अहिले उनको स्वास्थ्यमा सुधार हुँदै भएको छ। ट्रम्पलाई अहिले ज्वरो निको भएर र स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरले जनाएका छन्। ट्रम्पलाई संभवत सोमबार डिस्चार्ज गर्ने तयारी छ।
— Donald J. Trump (@realDonaldTrump) October 3, 2020
ह्वाइट हाउसका मुख्य सचिव र्माक मिडोजले भनेका छन्, ‘राष्ट्रपतिको उचारमा संलग्न चिकित्सकहरले राष्ट्रपतिको स्वास्थ्य खराब भएको बताएपछि हामी निकै चिन्तित भएका थियौं। यद्यपी अहिले उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ।’
छुट्टा छुट्टै बयान जारी हुँदा ट्रम्पको स्वास्थ्यलाई लिएर विभिन्न अड्लबाजी भएका थिए। शनिबार मात्रै तीनवटा वक्तव्य जारी भएका थिए। ट्रम्पले चार मिनेटको एउटा भिडियो जारी गर्दै आफू ठिक रहेको बताएका थिए।
यसअघि ह्वाइट हाउसका मुख्य सचिव मार्क मेडोसले वक्तव्य जारी गर्दै ट्रम्पको अवस्था चिन्ताजनक भएको र आगामी ४८ घण्टा निकै महत्वपूर्ण रहेको बताएका थिए। ट्रम्पको उपचार मेरिल्याण्डको मिलिट्री अस्पतालमा भइरहेको छ।
ट्रम्पकी श्रीमती मेलानिया ह्वाइट हाउसमै क्वारेन्टाइमा छिन्। छोरी इवाँका र ज्वाइँ ज्यारेड कुशनरको टेस्ट नेगेटिभ आएको थियो।
Facebook Comment