जाजरकोटका ४ वटा सरकारी बिद्यालयहरुमा कम्प्युटर ल्याब हस्तान्तरण
जाजरकोट । जाजरकोटका चार वटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गरिएको छ। जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवति मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर सहितको ल्याव स्थापना गरिएको हो।
नेपालको तेह्रथुम जिल्ला को जलजले मा जन्म भै हाल अमेरिकामा बस्दै आएका सामाजिक अभियान्ता डा ओम दाहालको पहलमा ति विद्यालयहरुमा कम्प्युटर ल्यावको स्थापना गरिएको हो। प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० ओटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ। डा दाहालले बिगत ४ वर्ष देखि अमेरिकामा म्याराथुन दौडको माध्यम बाट संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई, शुभ चिन्तक र अन्य सहयोगी संघ संस्था हरु संग सहकार्य गरि फन्ड संकलन गरेर, सोहि फन्ड मार्फत नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका छन।
२०१६ को इंडियानापोलिस मोनुम्यान्टल म्याराथन मार्फत तेह्रथुममा एम्बुलेन्स, २०१७ को सिकागो म्याराथन मार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालय मा छात्रामैत्री शौचालय, २०१८ को माराइन कोर म्याराथन, वाशिंगटन डी सी मार्फत तेह्रथुमको श्री शंकर र श्री जन ज्योति माध्यमिक बिद्यालयमा कम्पुटर ल्याब बनाउने अभियान सम्पन्न भएको थियो । जाजरकोट कम्पुटर ल्याब प्रोजेक्ट डा दाहालको २०१९ न्यूयोर्क म्याराथन को अभियान थियो।
बिद्यालयको तर्फ बाट कम्पुटर ल्याब को लागी कक्षा कोठा र फर्निचरको ब्यबस्था गरिएको थियो भने, कम्पुटर नेटवर्किंग सहितको ल्याबको लागि चाहिने सम्पूर्ण उपकरण र जडानको काम २०१९ न्यूयोर्क म्याराथन को अभियान जाजरकोट कम्पुटर ल्याब प्रोजेक्टको तर्फ बाट भएको थियो। उक्त प्रोजेक्ट १५ लाख ५० हजार २५ को लागतमा सम्पन्न भएको छ। उक्त प्रोजेक्ट को लागि डा दाहालले २७८ सहयोगी हातहरुबाट रु १४ लाख ७६ हजार २ सय संकलन गरेका थिए।
बिद्यालयको छनौट र स्थानीय ब्यबस्थापनमा जाजरकोट निवासी श्री निरज आचार्यले सहयोग र सहकार्य गरेका थिए। तेसैगरी सप्लायरबाट सप्लाई भएका कम्पुटर, प्रिन्टर लगायत अन्य उपकरणहरुको चेक जाँचका लागि नेपाल टेलिकम नेपालगंजमा कार्यरत सिनियर इन्जिनियरहरु श्री शिब राज खनाल र सुशीम पोखरेल ले स्वयमसेवकका रुपमा बिद्यालयहरुमा उपस्थित भै सहयोग गरिदिएका थिए । नेपाल पर्यटन बोर्ड मा कार्यरत सिनियर अफिसर कुन्दन शर्मा लेस्वयमसेवकका रुपमा २०१९ न्यूयोर्क म्याराथन को अभियान जाजरकोट कम्पुटर ल्याब प्रोजेक्ट को तर्फबाट प्रतिनिधि भै बिद्यालयहरुलाइ कम्पुटर ल्याब हस्तान्तरण गर्न सहयोग गरेका थिए।
२०७७ आश्विन १३ र १४ मा,बिद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि, बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि, जिल्ला शिक्षाका प्रतिनिधि, जाजरको कम्पुटर ल्याब अभियान का प्रतिनिधि र पत्रकारहरु को उपस्थितिमा कम्पुटर ल्याबहरु को हस्तान्तरण भएको थियो। विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न र प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्यावले सहयोग पुरयाउने बिद्यालयका प्रधानध्यापकहरुले बताएका थिए ।
Facebook Comment