जीप सहित ३८ लाख मूल्य बराबरका अवैध सामान बरामद
कञ्चनपुर । सशस्त्र प्रहरीले शुक्लाफाँटा नगरपालिका १२ कलुवापुर— बेलौरी सडक खण्डको कालागौंडीबाट आज जीप सहित ३८ लाख चार हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
से १ च ११३२ नम्बरको महेन्द्रा जीपमा धनगढीका विभिन्न टे«र्डस र सपिङ्ग सेन्टरबाट परिणाम भन्दा कमको बिलविजक बनाई लैजादैँ गरेको जीप सहितका सामान बरामद गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको टोलीले चालक, बरामद सामान र सवारी साधन कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।
परिणाम भन्दा कम मूल्यको विल बनाई सामान र औषधि लिएर दिपायल हिडनुपर्ने जीप धनगढीबाट ३० किलोमिटर पश्चिम दक्षिणमा गई प्रतिवन्धीत सामान कञ्चनपुरको बाटो हुँदै गएको बेला सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्ट नेतृृत्वको टोलीले जीप सहितको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए । जीपका चालक लाल कोलीलाई समेत नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको छ । प्रहरी उपरिक्षक ऐरका अनुसार जीपमा विभिन्न किसिमको औषधी रु १६ लाख दुई सय ४५, काँचो कपडा रु एक लाख ४३ हजार सात सय ६४, तयारी कपडा रु दुई लाख ६३ हजार एक सय ४५को सामान बरामद गरिएको छ । यसैगरी, प्रतिवन्धित सामानहरुमा सुपर पावर सुर्ती १० बोरा, स्वीट सुपारी गुटखा १२ बोरा, प्लाष्टिक पाँच बोरा र विलविजक नभएको बेसार २० किलो बरामद गरिएको छ ।
Facebook Comment