बाँकेमा ब्राउन सुगरसहित दुई पक्राउ

डिसी नेपाल
१९ असोज २०७७ २०:४८

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ब्राउन सुगरसहित आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम रानाका अनुसार १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला चार ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

भारतीय सीमावर्ती बजार रुपइडिहाबाट लागुपदार्थ ल्याउन लागेको भन्ने सुराकीका आधारमा तिनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *