वैदेशिक रोजगार कार्यालयमा श्रम लिनेहरुको घुँइचो, अपनाइएको छैन सुरक्षाका मापदण्ड

डिसी नेपाल
२० असोज २०७७ १९:१८

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति सोमबारदेखि पुनः सूचारु भएको छ। फ्रन्ट डेस्कमै खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि गएको बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो।

कार्यालयले सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा पुनः सूचारु गरिएको जनाएको। सेवाग्राहीले कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउने बताइएको थियो। त्यस्तै प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्ने नियम लगाइएको थियो।

तर, मंगलबार दिउँसो डिसी नेपाल टिम ताहचल पुग्दा त्यहाँ कुनै पनि सुरक्षाको मापदण्ड अपनाएको देखिएन। श्रम स्वीकृति लिन त्यहाँ सयौँ नेपाली अस्तव्यस्त तरिकाले लाइनमा उभिरहेका थिए। कार्यालयमा परिसरमा पनि निकै भिड देख्न सकिन्थ्यो भने सामाजिक दुरी पनि कायम गरेको देखिएन।

कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएर मात्र सेवा दिने कार्यालयले दावी गरे पनि सुरक्षाको कुनै पनि मापदण्ड अपनाइएको देखिएन। कार्यालयमा प्रवेश गर्नुअघि सेवाग्राहीको ज्वरो समेत नापेको पाइएन। सेवाग्राहीलाई मास्क अनिवार्य गरिए पनि कतिपयले त मास्क पनि लगाएका थिएनन्।

सरकारले वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *