देशभरका प्रहरी युनिट अनुगमन गर्न खटाइए एसएसपीहरु

डिसी नेपाल
२० असोज २०७७ २०:४२

काठमाडौं। प्रहरीको बार्षिक उत्सव आउन दुई साता अघि अनुगमनका लागि भन्दै प्रहरी प्रधानकार्यालयले पाँच एसएसपीलाई खटाएको छ। कोरोना संक्रमणपछि नेपाल प्रहरीमा व्यापक असन्तुष्टि पैदा भएको र गुनासाहरु धेरै बढेपछि प्रहरी प्रधानकार्यालयले सातै प्रदेशलाई समेट्नेगरी गुनासा सुन्ने र अनुगमन गर्नेगरी टोली खटाएको हो। एसएसपीहरु दुर्गा चन्द, केदार ढकाल, देबबहादुर बोगटी, राजेशलाल कर्ण र नवराज भट्टलाई अनुगमनका लागि खटाइएको हो।

उनीहरुले प्रहरी कर्मचारीको गुनासादेखि सेवा प्रवाहको समेत विषयमा अनुगमन गरेर प्रतिवेदन दिनेछन्। असोज ३० गते प्रहरी आफ्नो स्थापनाको बार्षिक उत्सव मनाउदै आएको छ। सो अवसरमा देशभरबाट उत्कृष्ट हुने प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरिने छ। एक डीआइजी कार्यालय, एक एसएसपी कार्यालय एक जिल्ला प्रहरीका कार्यालय, अपराध अनुसन्धानमा उत्कृष्ट हुने प्रहरी अधिकारी र अन्य विभिन्न दुई दर्जनभन्दा बढी प्रहरीलाई पुरस्कार दिने कार्यक्रम रहेको छ।

हरेक वर्ष यसैगरी अनुगमन टोली खटाएर जिल्ला प्रहरी कार्यालहरुको कार्यप्रगतिको आधारमा पुरस्कार दिने गरिन्छ। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार अनुगमनका लागि खटिएका एसएसपीहरु जिल्ला दौडाहमा रहेका छन्। उनीहरुले सेवाग्राहीमाथि अन्याय भएको, मद्द शाखाले राम्रो काम नगरेको, कार्यालय प्रमुखले नागरिकका गुनासाहरु ववास्था गरेको तथा प्रहरी कर्मचारीहरुका पनि आफ्नै गुनासाहरु रहेको जस्ता विषयमा प्रहरी प्रधानकार्यालयलाई अध्ययन गर्न सुझाव संकलन गरेर प्रतिवेदन दिनेछन्।

अनुगमनका लागि खटिएका एसएसपीहरुलाई सरुवा बढुवामा चित्त नबुझेको कामको मूल्यांकन नभएको भन्दै गुनासो गरेका छन् । त्यस्तै विभिागिय व्यवहार चित्त नबुझेको, सिनियर प्रहरी अधिकृतबाट समान व्यवहार नभएको, डिउटीमा भेदभाव गरेको, पेलाउने प्रवृत्ति बढेको, ओभरटाइम डिउटी खटाउने गरेको पनि उनीहरुको गुनासो रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *