यही वर्षको अन्त्यसम्म कोरोना विरुद्धको भ्याक्सिन बन्ने डब्ल्यूचएओको विश्वास, २ करोड ७० लाख बढी संक्रमण मुक्त

डिसी नेपाल
२१ असोज २०७७ ६:५९

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५९ लाख भन्दा धेरै पुगेको छ। हालसम्म ठिक हुनेको संख्या २ करोड ७० लाख ११ हजार ७८५ पुगेको छ। हालसम्म १० लाख ५१ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूचएओका प्रमुख टेड्रोस एमहोमनले कोरोना विरुद्धको भ्याक्सिन यो वर्षको अन्त्यसम्म बनिसक्ने आशा व्यक्त गरेका छन्। उनले विश्वभरका नेताहरुलाई एकजुट हुन र राजनीतिक प्रतिवद्धता जनाउन आह्वान पनि गरेका छन्। ताकि भ्याक्सिन बनिसकेपछि हरेक देशको त्यसको समान वितरण होस्।

डब्ल्यूएचओको कोभ्याक्स ग्गोबल भ्याक्सिन फ्यासिलिटीको नौ एक्सपेरिमेन्टल भ्याक्सिन पाइपलाइनमा छ। डब्ल्यूएचओको उद्देश्य २०२१ को अन्त्यसम्म २०० करोड भ्याक्सिन वितरण गर्ने रहेको छ।

उता इटलीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरेन्जाले मुलुकमा ३१ जनवरीसम्म संकटकाल लगाउने बताएका छन्। सरकार संकटकालमार्फत कोरोना विरुद्ध कुनै ठूलो निर्णय गर्नका लागि संसदबाट अनुमित लिन बाध्य छैन। उनले घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। इटलीमा हालसम्म ३ लाख २७ हजार कोरोना संक्रमित पुगेका छन्।

सबैभन्दा धेरै संक्रमित बनेको मुलुक अमेरिकामा हालसम्म ७६ लाख ९८ हजार ७३८ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख १५ हजार ३४७ जनाको मृत्यु भएको छ भने ४९ लाख १४ हजार ७९० निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ६७ लाख ४१ हजार ६१६ जना संक्रमित भएका छन् भने १ लाख ४ हजार २२० को मृत्यु भएको छ। भारतमा ५७ लाख २२ हजार २८६ जना उपचारपछि निको भएका छन्।

ब्राजीलमा ४९ लाख ४६ हजार ९१३ जना संक्रमित भएका छन् भने १ लाख ४६ हजार ९०८ जनाको मृत्यु भएको छ। त्यहाँ ४२ लाख ९५ हजार ३०२ जना निको भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *