प्रधानमन्त्री ओली र नेकपा उपाध्यक्ष गौतमबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। बुधबार विहान प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए। उनीहरुबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको थियो।
राष्ट्रियसभामा मनोनित भएपछि उपाध्यक्ष गौतमले सरकारमा सहभागी हुने इच्छा देखाएका छन्। सर्वोच्च अदालतले तत्काल सरकारमा सहभागी हुन गौतमलाई रोक लगाएको छ। गौतमको मुद्दा संवैधानिक इजलासमा सुनुवाईको क्रममा छ।
गौतमको मुद्दाको सुनुवाई आज हुने भएपनि सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना पुष्टि भएपछि सर्वोच्चको एकल एजसालमात्रै संचालनमा छ। जसका कारण गौतमको मुद्दा किराना लाग्न समय लाग्ने देखिएको छ।
Facebook Comment