जाजरकोटमा जिप दुर्घटनाः वडाअध्यक्षसहित ५ जनाको मृत्यु

काठमडाौं।। जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी वडाअध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। छ। जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप सो गाउँपालिकाको वडा १ औलखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अमरबहादुर शाहीको मृत्यु भएको हो।
सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अन्य दुईजना हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment