सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु

डिसी नेपाल
२२ असोज २०७७ १३:२४

काठमाडौं। सरकार र चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत अभियन्ता डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी तथा चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा र डा. केसीकातर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्य टोली वार्तामा सहभागी छ।

सरकारले बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको थियो। प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन्।

अनशन बसेका डा। केसीको स्वास्थयमा समस्या आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विभिन्न विपक्षी दलहरु, सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु र चिकित्सकहरुले डा। केसीसँग तत्काल वार्ता गर्न सरकारमाथि दबाब दिएका थिए।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि बुधबार समिति गठन गरिएको थियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए।

बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गरेको थियो। सरकारले प्रा डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ। जुम्लाबाट अनशन शुरु गरेका केसीको आज अनशनको २५ औं दिन हो। अनशनका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *