महिला उद्यमीको उत्पादन अनलाईनमार्फत बिक्री गरिने

डिसी नेपाल
२२ असोज २०७७ १४:५९

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्री अनलाईनबाट बिक्री गर्ने भएको छ। कोभिड–१९ बाट महामारीले गर्दा व्यवसायमा प्रभाव परेपछि चेम्बरले ई–कमर्सको माध्यमद्वारा महीला उद्यमीको व्यवसाय अभिवृद्धि गर्न लागेको हो।

यसका लागि नेपाल चेम्बर अफ कमर्श अन्र्तगतको महिला चेम्बर अफ कमर्श र सोचेको डट कमबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतमा महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमका प्रवन्ध निर्देशक शैलेश लोहनीले हस्ताक्षर गरे।

समझदारी अनुसार महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डटकमको वेबसाइटमा राखिने राखी बिक्री गरिनेछ । यसैगरी उद्यमीलाई वेबसाइट तथा डिजिटल मार्केटिङको तालिम, उत्पादनको सामाजिक सञ्जालबाट ब्राण्ड म्यानेजमेन्टजस्ता सेवा दिइनेछ।

हस्ताक्षरपछि बोल्दै महिला चेम्बरका सभापति श्रेष्ठले सोचेको डटकम पोर्टल माध्यमद्वारा महिलाद्धारा उत्पादित सामान बिक्री वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने अपेक्षा दावी गरिन्।

कोभिड–१९ को महामारीले डिजिटल बजारको सम्भावना र सम्भाव्यता बढेको भन्दै उनले यसबाट आम उपभोक्तालाई स्वास्थ्यका दृष्टिले र आर्थिक दृष्टिले समेत लाभान्वित हुने बताइन्।

सोचेको डट कमका प्रवन्ध निर्देशक लोहनीले अनलाइन सपिङमार्फत विभिन्न उत्पादक तथा विक्रेताहरुको उत्पादनलाई बिक्री वितरण गर्न मद्दत गर्ने तथा तिनका उत्पादनहरुलाई बजारीकरण गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *