कसरी समाप्त हुन्छन् महामारीहरु ?

डिसी नेपाल
२२ असोज २०७७ १९:४७

लण्डन (बीबीसी) । हामी कोभिड १९ को रुपमा यस्तो महामारीसँग जुधिरहेका छौं, जसको संसारमा कुनै अर्को उदाहरण छैन। मानिसहरुलाई अब यो महामारीबाट मुक्ती पाउन भ्याक्सिनको पर्खाइ छ। त वास्तविकता के हो भने यस्ता धेरै रोगहरु, जसको प्रकोप हाम्रा पूर्वजहरुले झेलेका थिए। र त्यसको कारक भाइरस र व्याक्टिरिया अहिले पनि हामीबीच मौजुद छ।

यी ज्यास्मिन हुन्। हामी जस्तै उनका पूर्व पनि कैयौं महामारीका शिकार भएका थिए।

मिली–जुली नस्लसँग सम्बन्धित ज्यास्मिलाई तपाईँ एक प्रतिकका रुपमा हेर्नुहोस। हामी ज्यास्मिन र उनका पूर्वजको लामो इतिहासका माध्यमबाट यो बुझाउने प्रयास गर्दै छौं कि उनका र तपाईँ हाम्रा पूर्वजले कसरी महामारीको प्रकोप झेलेका थिए। र ती महामारीलाई झेल्दै यहाँसम्म आइपुगे।

ब्यूबोनिक प्लेग

विध्वंश ल्याउने त्यो महामारी अहिले पनि हामीबीच छ। संसारले ब्यूबोनिक प्लेगको तीन भयानक अवधी देखेको छ। यसको पहिलो चरण ईस्वी संवत ५४१ मा आएको थियो। आजभन्दा करिब ६० पीढि पहिला, इतिहासका पान्नाका क्रममा ज्यास्मिनका नातेदारहरुले ब्यूबोनिक प्लेगको महामारीक कैयौं आक्रमण झेल्नु परेको थियो। ब्यूबोनिक प्लेग रोग ब्याक्टिरियाका कारण हुन्छ। ब्याक्टिरिया किराबाट मुसासम्म पुग्छ। एक समयमा यस महामारीप्ले भयंकर क्षति गरेको थियो। ब्यूबोनिक प्लेगका कारण पछिल्ला दुई हजार वर्षहरुमा लाखौं मानिसहरुको मृत्यु भइसकेको छ।

यूरोपमा १४ औ शताब्दिको अवधिमा (१३४६–१३५३) मा व्यापक क्षति गर्ने ब्यूबोनिक प्लेगको प्रकोपलाई हालसम्मकै सबैभन्दा भयंकर आक्रमण मानिन्छ। यसलाई ब्ल्याक डेथको नाम दिइएको थियो। ब्यूबोनिक प्लेगबाट छुटकारा पाउन क्वारेन्टिन लागू गरेर सफाईको राम्रो व्यवस्था गरेर नियन्त्रण पाउन सकिन्छ।

लण्डन इम्पीरियल कलेजका संक्रामक रोग विशेषज्ञ प्रोफेसर स्टीभन राइली भन्छन्, ‘ब्यूबोनिक प्लेगलाई नियन्त्रण लिन हामीलाई सफलता प्राप्त हुन असम्भव थियो, यदि हामीले यो संक्रमण कसरी फैलिन्छ भन्ने नथाहा पाएको भए।’ जुन कुरा राइली भन्छन् यो कुरा आज पनि लागू हुन्छ।

संसारमा अझै पनि ब्यूबोनिक प्लेगको संक्रमणका केस देखिन्छन्। यो वर्ष इनर मंगोलियामा यो रोगका केस देखिएका थिए। अझै पनि ज्यास्मिनलाई यो रोग हुन सक्छ।

तर राहतको कुरा के छ भने अब यसको संक्रमण ठूलो संख्यामा फैलिँदैन, जस्तो पहिला फैलिन्थ्यो। र एन्टीबायोटिक औषधिबाट यसको उपचार गर्न सकिन्छ।

चेचक भाइरस

यस रोगको भाइरसलाई विज्ञानले समाप्त गरिदिएको छ। चेचकको भयानक प्रकोपका कैयौं चरण, मानिसले देखिसकेको छ। यस महामारीको जो सबैभन्दा पूराना रेकर्ड फेला परेको छ, त्यो सन् १५२० को हो। यसको सयौं वर्षपछि पनि ज्यास्मिनका पुर्खाले चेचकको ताण्डव देखे। चेचक रोग भ्यारिओला माइनर नामको भाइरसबाट हुन्छ। मानव इतिहासमा यसलाई सबैभन्दा भयंकर विषाणु मध्ये एक मानिएको छ। यो रोगको संक्रमण भएका हरेक १० मध्ये एकजनाको मृत्यु हुने गरेको थियो। प्लेग जस्तै चेचकले पनि करोडौं मानिसलाई मृत्युसम्म पुर्याएको छ।

२० औं शताब्दिमा मात्र यो रोगबाट २० करोडभन्दा धेरै मानिसहरुको मृत्यु भएको अनुमान गरिन्छ। तर राम्रो कुरा १७९६ मा बेलायतका डाक्टर एडवर्ड जेनरले यस रोगको भ्याक्सिन बनाए। यसका साथै वैज्ञानिकहरुले गरेको प्रयासका कारण यो रोगमाथि नियन्त्रण गर्न सकियो। तर, यो रोगमाथि नियन्त्रण पाउन मानिसहरुलाई लगभग दुई शताब्दि लाग्यो। यसैले मानवताको इतिहासमा चेचकमात्र यस्तो रोग हो जसमा औषधि वा कुनै खोपबाट नियन्त्रण पाउन सकिएको छ। प्रोफेसर राइली यसलायृ मानवताको सबैभन्दा महान उपलब्धि मान्छन्। विज्ञानको उपलब्धिका कारण ज्यास्मिन र हामीलाई चेचक रोगको कुनै डर छैन।

हैजा (कोलरा) – जो अझ पनि कम विकसित देशहरमा महामारीको रुप लिन्छ।

हैजाले कैयौं पटक मानवतामाथि ध्वंस मच्चाएको छ। यसको सबैभन्दा ठूलो प्रकोप १८१७ मा देखिएको थियो। त्यो बेला आजभन्दा मात्र ७ पीढि पहिला, ज्यास्मिनका पुर्खाहरुले यो प्रकोपको सामना गरेका थिए। हैजा प्राः खाने पिउने पानीबाट फैलिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले कम्तिमा ७ पटक महामारीको रुप लिएर मानवीय क्षति गरिसकेको छ। जसमा लाखौं मानिसहरुको मृत्यु भएको छ।

पश्चिमी देशहरुले सरसफाई र स्यानिटेशनकाको व्यवस्थामा सुधार गरेर यो रोगमाथि नियन्त्रण प्राप्त गरे पनि अझै पनि कम आयस्रोत भएका मुलुकहरुमा हैजा फैलिनु सामान्य हो। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि हैजाका कारण हरेक वर्ष एक लाखदेखि एकला ४० हजारसम्म मानिसको मृत्यु हुने गर्छ।
यसै कारण ज्यास्मिन जुन स्थानमा आफ्नो घर भन्छिन्, त्यहाँ उनलाई हैजा हुने र मृत्यु हुने जोखिम छ। यो रोगको खोप उपलब्ध छ। र सामान्य रुपमा यसको उपचार हुन सक्छ।

इन्फ्एन्जाः हरेक मौसम आउने चुनौती

निश्चित रुपमा ज्यास्मिनको खानदान पनि फ्लूको महामारी अवधिबाट अगाडि बढ्यो होला, फ्लूको सबैभन्दा भयंकर महामारी, २० औं शताब्दिको शुरुआतमा फैलिएको थियो। सायद ज्यास्मिका परबाजेको समयको कुरा हो। १९१८ मा फैलीको फ्लूलाई स्पेनिश फ्लू पनि भनिन्छ। यो मानवताको आधुनिक इतिहासको सबैभन्दा भयंकर महामारी थियो। जसमा एक अनुमानका अनुसार ५ देखि १० करोड मानिसहरुको मृत्यु भएको थियो।

जस्तो अहिले कोरोना भाइरसको क्रममा देख्न सकिन्छ, यसै किसिमले स्पेनिश फ्लूसँग लड्न पनि मानिसहरुलाई क्वारेन्टिन गरिन्थ्यो। १९१८ देखि १९२० को अवधिमा स्पेनिश फ्लूका दुई लहर आए। त्यसपछि एच१एन भाइरसको निकै कमजोर प्रतिरुप मानिसहरुबीच रह्यो। अहिले पनि हरेक वर्ष मानिसहरुलाई यसले संक्रमित गरिरहन्छ।

तर, स्पेनिश फ्लू पछि पनि फ्लूको विरामीका कैयौं चरणहरु आएका छन्। १९६८ मा फैलिएको हङकङ फ्लूबाट १० लाख मानिसहरुको मृत्यु भएको थियो। अझै पनि सीजनल फ्लूका रुपमा यो हामीमाझ छ। यसैगरी स्वाइन फ्लू रोग पनि छ, जो एच१एन१ भाइरसको एक अर्को रुपबा फैलिन्छ। २००९ मा संसारमा २१ प्रतिशत जनसंख्या स्वाइन फ्लूबाट संक्रमित भएको थियो।

प्रोफेसर स्टीभन राइली भन्छन्, ‘आज पनि फ्लूको भाइरसमा महामारीको रुप लिने खतरा छ।’ र ज्यास्मिन अथवा हामी जस्ता मानिसहरुमा फ्लू जस्ता भाइरसको महामारीको शिकार हुने खतरा छ। यसका साथै हामी सबैलाई मौसमी फ्लूको शिकार हुने डर त छँदै छ। मौसमी फ्लूले पनि रहेक वर्ष संसारमा हजारौं मानिसहरुको ज्यान लिन्छ।

एचआईभी/एड्स – अझै पनि क्षति गरिरहेको छ, यो महामारीले। १९८१ देखि हालसम्म। त्यो बेला, अथवा आभन्दा ४ दशक पहिला जब एचआईभी÷एड्स रोगले क्षति गरिरहेको थियो, त्यो बेला ज्यास्मिका आमाबाबुले त्यो लहर देखेका थिए। धेरैजसो मानिसहरु एड्सलाई महामारी भन्छन्। तर, विश्व स्वास्थ्य संगठन यसलाई केही देशहरुमा फैलिएको रोग भन्छ।

कोरोना भाइरस
२००२ देखि २००३ र २०१२ देखि हालसम्म।

दुई वा तीन दशकपछि ज्यास्मिनको आफ्नै जीवनमा सार्स र मर्स भाइरसको आक्रमण भयो।

सेभयिर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)– कोरोना भाइरसको संक्रमणबाट हुने पहिलो भयंकर स्थानीय महामारी। विश्वस्वास्थ्य संगठनका अनुसार २००२ देखि २००३ सम्म यो रोगबा ८०० मानिसहरुको मृत्यु भएको थियो। तर, २००३ को जुलाई महिनासम्म यस कोरोना भाइरसको संक्रमणको कुनै नयाँ केस आएको थिएन। तर पछि विश्व स्वास्थ्य संगठनले यो वैश्विक महामारी समाप्त भएको घोषणा गर्यो।

यसको केही वर्षपछि मिडिल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम अथवा मर्स भाइसको प्रकोप फैलियो। पनि एक कोरोना भाइरस नै थियो। मर्स भाइरसबाट संसार भर ९१२ जनाको मृत्यु भयो। यसका धेरैजसो केस अरब प्रायद्वीपमा देखिएका थिए।

तर बेलायत जस्ता देशहरुमा मर्स कोरोना भाइरसबाट हुने संक्रमणको सम्भावना निकै कम छ। तर मध्य पूर्वमा यसको खतरा अझै पनि छ। मध्य पूर्वमा ऊँटबाट मानिसहरुमा यो भाइरस सर्छ।

धेरै देशहरुमा यो भाइरसबाट संक्रमित हुने आशंका निकै कम छ। अब ज्यास्मि र हामी आफ्नै जीवनमा नयाँ सार्स कोरोना भाइरसको प्रकोप देखिरहेका छौं। यसबाट कोभिड १९ नामको स्वाप्रश्वास सम्बन्धि समस्या हुन्छ।

यस नयाँ कोरोना भाइरसलाई वैज्ञानिक भाषामा सार्स–सीओभी–२ नाम दिइएको छ। यो २००३ मै फैलिएको सार्स भाइरसको नयाँ रुप हो भाइरोलोजिस्टहरु यस भाइरसलाई अनौठो मान्छन्। किनकी यसको संक्रमण लक्षण व्यापक हुन्छन्। कुनै मानिसमा यसका कुनै लक्षण नै हुँदैनन्। कुनैमा भने भाइरस प्राणघातक हुन्छ। सबैभन्दा चिन्ताजनक कुरा यो छ कि जो मानिसहरुमा लक्षण देखिँदैन, ती मानिसहरुबाट पनि संक्रमण फैलिन्छ।

संसारका धेरै मानिसहरु यो महामारीबाट संक्रमित हुने खतरा छ। र हाम्रो जस्तै ज्यास्मिनमाथि पनि यो महामारीको शिकार हुने खतरा छ।

अब के हुन्छ ?

त्यसो भए, जो नयाँ कोरोना भाइरस यो समय पूरा संसारमा मानिसहरुलाई संक्रमित गरिरहेको छ, त्यो भाइरस वा ब्याक्टिरियाबाट फैलिने महामारीहरुको लामो तारको सबैभन्दा नयाँ हिस्सा हो। संक्रमणलाई लिएर धेरै जानकारी, सार्वजनिक स्वास्थ्यका प्रति जागरुकता फैलाउने अभियान, उपचारका नयाँ तरिका र खोपका कारण नै मानिसले यसअघि भयंकर महामारी नियन्त्रणमा सफलता पाउँदै आएको छ।

जुन महामारी यो समय संसारमा फैलिएको छ, यसको समाप्ती पनि हामीले यिनै मिल्दाजुल्दा उपायहरुको सहयोगबाट पाउन सक्छौं। तर एक सुरक्षित र अत्यधिक प्रभावकारी खोपबाट यस महामारीमा पूर्ण विराम लगाउन सकिने छ।

तर, प्रोफेसर राइली भन्छन्, ‘हामी मात्र यस विश्वासका साथ हातमा हात राखेर बस्न सक्दैनौं।’

यसको सट्टा हामीले यो महामारीसँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकास गर्नुका साथै यससँगै बाँच्ने बानी पनि विकास गर्नुपर्ने हुन सक्छ। प्रोफेसर राइली भन्छन्, ‘आगामी पाँच वर्षहरुमा निश्चित रुपमा, वा हुन सक्छ त्यसभन्दा पनि पहिला हामीसँग नयाँ कोरोना भाइरसको निकै प्रभावकारी खोप हुन सक्छ। जसबाट पूरा संसारमा यसको उपयोग गर्न सकिनेछ। वा हामी फेरि यो भाइरससँग यति लामो समयसम्म लडिरहेका हुने छौं कि हामी भित्र यो रोगसँग लड्ने क्षमता विकास भइसक्ने छ। जसपछि हामीले साना साना प्रकोप देख्ने छौं र यो भाइरससँगै बाँच्ने बानी बनाउने छौं।’

र जस्तो कि चेचक महामारीको उल्मुलनले साबित गरेको छ, संसारभरका वैज्ञानिकहरु एकजुट भएर महान उपलब्धि हासिल गर्न सक्छन्।

बीबीसीबाट अनुवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *