सात वर्षीया बालिका बलात्कारको आरोपमा कोटेश्वरबाट एकजना पक्राउ
काठमाडौं। सात वर्षीय बालिका बलात्कारको आरोपमा कोटेश्वरबाट एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त बानेश्वरले बुधबार साँझ सहयोगीनगरस्थित बाग्मती किनारको झाडीका बालिकालाई ललाई फकाई लगेर बलात्कार गरेको अभियोगमा दाङ स्थायी घर भएका ४३ बर्षीय दुर्गे बिकलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको समय लिएर अनुसन्धान हुँदैछ।
‘बिकलाई पक्राउ गरेर अनुसन्धान भैरहेको छ पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ परीक्षण रिपोर्ट आउन बाँकी छ’, एसपी राठौरले भने।
प्रहरीका अनुसार ती बालिकालाई बिकले साँझपख बाग्मती करिडोर किनारमा जर्बजस्ती करणी गर्दै गरेको देखेर प्रहरीलाई खबर गरेका थिए। उनलाई अहिले बानेश्वर प्रहरी वृत्तको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ।
Facebook Comment