डा. केसीको सत्याग्रहप्रति विदेशमा रहेका नेपालीहरुको ऐक्वद्धता

वाशिंगटन। नेपाल बाहिर रहेका नेपालीहरुले पनि चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका अभियन्ता प्राडा गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाएका छन्। डा. केसी १९ औं पटकको अनशनमा बसेको शुक्रबार २६ दिन पुगेको छ। बिहीबार वार्ता भए पनि शुक्रबार सरकारी टोलीसँग वार्ता हुन नसक्दा डा. केसीको अनशन जारी रहेको छ।
विभिन्न देशमा रहेका नेपालीहरुले डा केसीले प्रत्येक नेपालीहरुको गुणस्तरीय स्वास्थ्य सुविधाका लागि गरेको यो त्याग दुर दराजका जनतादेखि बिदेशमा रहेका दशौं लाख नेपालीहरुको मन जितेको भन्दै आधारभूत स्वास्थ्य सुविधालाई विकेन्द्रीकरण गर्दै दुर्गम गाउँका जनतालाई पनि आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति होस् भन्ने कुरामा सम्पूर्ण नेपालीको पूर्ण समर्थन रहेको बताएका छन्।
यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकामा रहेका स्वास्थ्यकर्मी, चिकित्सक, बैज्ञानिक तथा अन्य पेशा व्यबशायमा आबद्ध नेपालीहरुको नेतृत्वमा यहि अक्टोबर ७ मा विश्वभरिका नेपालीहरुले डा केसीको समर्थनमा धर्ना र अनशन गरिएको छ। डा सन्तोष सापकोटाको संयोजकत्वमा सुरु भएको यस कार्यक्रममा नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, साउदी अरब, कतार, पोल्याण्ड, जर्मनी, बेलायत, अस्ट्रेलिया तथा अन्य रास्ट्रहरुबाट २०० भन्दा बढि महानुभावहरुले सहभागी भई सत्याग्रह प्रति एक्यबद्धता जनाएका थिए।
उनीहरुले आफ्नो पूर्ण जीवन सरकारी सेवामार्फत बिरामीहरुको सेवामा बिताएका डा केसीको जीवन रक्षा गर्नु हामी सबैको कर्तब्य भएको भन्दै नेपाल सरकारलाई डा केसीको जीवन रक्षा गर्न र उनका माग प्रति अझ थप जिम्मेवार हुन हार्दिक अनुरोध गरेका छन्।
यसरी ऐक्यवद्धता देखाउने प्रवासी नेपालीहरुमा प्रगती घिमिरे, सन्जु तिमिल्सिना, प्रकाश पौडेल, तारा सिग्देल, राजेन्द्र प्रसाद पंगेनी, गणेश चौधरी, सन्देश पण्डित, रचना तिवारी अभिमा उप्रेती, हेम प्रकाश चटौत, अनु श्रेष्ठ र सन्तोष सापकोटा रहेका छन्।
Facebook Comment