कृषि विकास बैककाे सिष्टम ह्याक गरी ५ करोड अपचलन गर्ने भारतीय व्यापारी पक्राउ
काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलन गरेको अभियोगमा फरार रहेका एकजना भारतीय व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत चम्पावत जिल्लाको बनबासाका ५५ वर्षीय ब्यापारी सुशील गर्ग रहेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ।
उनलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रक्राउ गरिएको हो उनी बनबासा मिना बजारमा चप्पलको व्यापार गर्ने गरेको प्रहरीले जनाएको छ । गर्गलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको थियो।
तर नेपाल प्रहरीले भने गर्गलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० अमर बहादुर थापाका अनुसार भारतीय व्यापारी सुशीललाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको हो।
प्रहरी स्रोतका अनुसार कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ अपचलन गरेको अभियोगमा गर्ग फरार थिए। जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर र संगठित अपराध लगायतका मुद्धामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो।
सो घटनामा उनकै भतिजा अन्नु भनिने अनुज गर्ग भने अझै फरार छन्। प्रहरीले महेन्द्रनगरको बनगाउँका यज्ञराज भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपछि उनकै बयानका आधारमा सुशील पक्राउ परेका हुन्। यज्ञराजको बैंक खाता प्रयोग गरी सुशील र अनुजले ४५ लाख रुपैयाँ अपचलन गरेको प्रहरी स्रोतको भनाइ छ।
त्यसको मूख्य अभियुक्त पिटर भने अझै फरार रहेका छन् । पिटरले भारतको मुम्बईमा बसेर कृषि विकास बैंक सिरहाको लहानस्थित शाखाको ४ करोड ७३ लाख ९६ हजार नेपाली एजेन्टको नाममा पठाएका थिए ।
सिरहा शाखाको ५ करोड व्यक्तिको नाममा ट्रान्सफर ह्याकरको पहिलो ‘ट्रायल’ थियो । बैंकका सीमित कर्मचारीलाई मात्रै थाहा हुने बैंकको ‘मेकर’ र ‘चेन्जर’ पासवर्ड प्रयोग गरेर ट्रेजरीको रकम निकालिएको थियो। पहिलो योजना सफल भएसँगै पिटरको समूहले ५ अर्ब लुट्ने तयारी गरेको थियो।
Facebook Comment