भोलि २ बजे बस्ने भनिएको कांग्रेस बैठक स्थगित

डिसी नेपाल
२४ असोज २०७७ १४:५७

काठमाडौं । नेपाली कांग्रेसको भोलि २ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पूर्व कोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदे प्रकाहा)को निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो ।

बैठक कहिले बस्ने भन्ने तोकीएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *