ओली सरकारका अर्कामन्त्री पनि कोरोना संक्रमित, शिक्षामन्त्री पोखरेललाई संक्रमण पुष्टि
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र आवश्यक परे कोरोना परीक्षण गराउन भनेको छ। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया
Facebook Comment