जब प्रहरीले आफ्नो मालिक पहिचान गर्ने जिम्मा भैंसीलाई दियो…

नयाँ दिल्ली (एजेन्सी)। जब प्रहरी ठानामा एक भैंसीका दुई मालिकले सो भैंसी आफ्नो भएको दावी गरे प्रहरी तनावमा पर्यो। दुबै मालिकले सो भैंसी आफ्नै भएको दावी गरेपछि अप्ठ्यारोमा परेको प्रहरीले अनौठो तर अचुक उपाय निकाल्यो। प्रहरीले असली मालिक पहिचान गर्ने जिम्मा भैंसीलाई नै दियो।
यो घटना भारतको कन्नौज जिल्लाको हो। यहाँको एक प्रहरी चौकीमा प्रहरीले चोरीको भैंसी फेला पार्यो। र गाउँमा सूचना दियो, जसको भैंसी हो लैजाऊ। प्रहरी चौकीमा दुईजना पुगे। स्थानीय विरेन्द्र र धमेन्द्र। दुबैले भैंसी आफ्नो भएको दावी गरे।
अनि प्रहरीले भैंसीलाई नै आफ्नो मालिक पहिचान गर्ने जिम्मेवारी दियो। जब धमेन्द्रले भैंसीलाई बोलाए भैंसीले आफ्नो मालिकलाई चिन्यो र उसकै पछाडी गयो। धमेन्द्रको भैंसी तीन दिन पहिला हराएको थियो, भने विरेन्द्रको भैंसी पनि हराएको थियो। त्यसैले दुबैले सो भैंसी आफ्नो भएको दावी गरेका थिए। खासमा भैंसी धमेन्द्रकै भएको भैंसीले नै पत्ता लगायो।
Facebook Comment