मन्त्रिपरिषद् बैठकमा तीनजना मन्त्री अनुपस्थित

डिसी नेपाल
२६ असोज २०७७ २३:३२

काठमाडौं। सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा तीनजना मन्त्रीहरु अनुपस्थित रहेको बालुवाटार निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा तीनैजना मन्त्रीहरु अस्वस्थ भएका कारण अनुपस्थित भएका हुन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरले कोरोना संक्रमित भएकाले उपस्थित हुन नसकेका हुन्। त्यस्तै संघीय मामिला मन्त्री हृदेश त्रिपाठी पनि अस्वस्थ भएकाले सोमबारको बैठकमा उनि पनि अनुपस्थित रहेको एकमन्त्रीले जानकारी दिए।

यसैबीच सोमबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवले दिएका राजीनामासमेत स्वीकृत गरेको ती मन्त्रीले जानकारी दिए। यस्तै प्रहरीको गोली लागेर घाइते भएका एकजना सुनसरीका नागरिकको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ। उनको उपचार खर्च ४ लाख रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *