नेकपा सांसद पहाडीको निधन
काठमाडाैं। प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ। लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन्।
हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकाेमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) October 14, 2020
ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाउनुभएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन्। उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
Facebook Comment