विश्वभर कोरोना : २४ घण्टामा थपिए ३ लाख ८१ हजार संक्रमित, यी हुन १ हजार माथि कोरोना संक्रमित थपिएका देशहरु

डिसी नेपाल
२९ असोज २०७७ ७:४९

काठमाडौं। गत २४ घण्टामा विश्वभरमा ३ लाख ८१ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन। वल्र्डोमिटरका अनुसार ३ लाख ८१ हजार ३ सय बढी संक्रमितहरु थपिएका हुन्। जसमध्ये सबैभन्दा बढी भारतमा ६७ हजार ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

भारतमा गत २४ घण्टामा ६७ हजार ९ सय बढी थपिएसँगै कोरोना संक्रमित हुनेको संख्या ७३ लाख ५ हजार बढी पुगेको छ। भारतमा हालसम्म १ लाख ११ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन। यस्तै गत २४ घण्टामा कोरोनाका कारण ६ सय बढीले ज्यान गुमाएका छन। भारतमा ६३ लाख ८० हजार बढी कोरोनाका संक्रमितहरु निको भइसकेका छन।

भारतपछि अमेरिकामा गत २४ घण्टामा सबै भन्दा बढी कोरोनाका संक्रमितहरु थपिएका छन। अमेरिकामा ५९ हजार ५ सय बढी कोरोनका संक्रमितहरु २४ घण्टामा थपिएका हुन। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ८१ लाख ४९ हजार बढी पुगेको छ। अमेरिकामा हालसम्म कोरोनाका कारण २ लाख २१ हजार ८ सय बढीले ज्यान गुमाएका छन। गत २४ घण्टामा कोरोनाका कारण ९ सय बढीले ज्यान गुमाएका छन। यस्तै अमेरिकामा हालसम्म ५२ लाख ७८ हजार बढीले कोरोना जितेका छन्।

अमेरिका र भारतपछि कोरोना संक्रमित थपिने देशमा ब्राजिल आएको छ। ब्राजिलमा गत २४ घण्टामा २६ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५१ लाख ४१ हजार ४ सय बढी पुगेको छ। कोरोनाका कारण ब्राजिलमा १ लाख ५१ हजार बढीले ज्यान गुमाएका छन्। यस्तै ब्राजिलमा हालसम्म ४५ लाख ६८ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्।

गत २४ घण्टामा फ्रान्समा २२ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै यूकेमा ९ हजार, अर्जेन्टिना र रसियामा १४ हजार, स्पेनमा ११ हजार, बेल्जियम, इटली र नेदरल्याण्डमा ७ बजार बढी कोरोनाका संक्रमितहर थपिएका छन्।

यस्तै, पोल्याण्ड, जर्मनी र कोलोम्बियामा ६ हजार बढी, यूक्रेनमा ५ हजार बढी, इरान मेक्सीको इन्डोनेसीया र रोमानीयामा ४ हजार बढी, इराक र मोरोकोमा ३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

नेपाल, पेरु, स्वीजरल्याण्ड, क्यानडा, जोर्डन, ट्यूनिसिया र प्रोचुगलमा २ हजार बढीका दरले कोरोना संक्रमितहरु थपिएका छन्। यस्तै १ हजार बढी कोरोनाका संक्रमितहरु थपिने देशहरुमा फिलिपिन्स, दक्षिण अफ्रिका, इजरायल, बंगलादेश, टर्कि, कोस्टारिका, यूएइ, लेबलान, अष्ट्रिया, मोल्दोभा, चीली, आइरल्याण्ड र आर्मानीया रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *