थप ३७४९ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

डिसी नेपाल
२९ असोज २०७७ १६:२४

काठमाडौं । बिहिबार देशभर ३ हजार ७४९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ७४९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख २१ हजार ७४५  पुगेको छ।

हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ९३४ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ६९२ , ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ। गत २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८२५ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *