कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिनबाट नरोक्न सर्वोच्चको अन्तरिम आदेश

डिसी नेपाल
२९ असोज २०७७ १७:५८

काठमाडौं। लोकसेवा आयोगले आयोगको परीक्षामा कोरोना संक्रमितलाई सहभागी नगराउने गरी सूचना जारी गरेकोमा सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परीक्षाम सहभागी गराउनुपर्ने अन्तरिम आदेश दिएको छ।

सर्वोच्चकी न्यायधीश सपना प्रधान मल्लको एक्ल इजलासले बिहीबार आयोगको सूचनाविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै कोरोना संक्रमितलाई परीक्षा दिनबाट नरकोक्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको यो आदेशपछि यो वर्ष हुने लोकसेवाका परीक्षाहरुमाथि नै संकट आउने देखिएको छ। केही दिनअघि आयोगका अध्यक्ष उमेश मैनालीले कोरोना संक्रमितलाई परीक्षामा सहभागी नगारउनु आयोगको बाध्यता भएको जनाएका थिए। तर, सर्वोच्चले उनीहरुलाई बञ्चित नगर्न अन्तरिम आदेश दिएपछि आयोग समस्यामा पर्ने देखिएको छ।

सर्वोच्चले स्वास्थ्यको हक, समानताको हकसमेत उल्लंघन हुने भन्दै आयोगले परीक्षा हलमा प्रवेश गर्नुअघि आफू संक्रमण मुक्त रहेको स्वघोषणा गर्नुपर्ने नियमसमेत कार्यान्वयन नगर्न भनेको छ। आयोगले गोपनीयताको हकको समेत सम्मान गर्न भनेको छ। यस्तै परीक्षामा सहभागी हुन रोग लुकाउन सक्ने सम्भावनासमेत रहेको भन्दै सो नियम कार्यान्वयन नगर्न भनिएको छ। आयोगले वैकल्पिक सुरक्षित व्यवस्था गरेर संक्रमितहरुले समेत परीक्षा दिन पाउने व्यवस्था गर्न भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *