२०२२ सम्म युवा र स्वस्थ मानिसले कोरोना भ्याक्सिन नपाउने, विश्वभर ११ लाख बढीको मृत्यु

डिसी नेपाल
३० असोज २०७७ ८:०६

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०२२ विश्वभरका युवा र स्वस्थ मानिसलाई कोरोना भ्याक्सिन उपलब्ध नहुने जनाएको छ। सुरुमा कोरोना प्रभावितलाई भ्याक्सिन उपलब्ध गराउने नीति अनुरुप स्वस्थ मानिसले भ्याक्सिनको लागि प्रतीक्षा गर्नुपर्ने डब्ल्यूएचओले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले २०२१ सम्म एक व्यक्ति एक भ्याक्सिन उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्। यद्यपी यो सीमित संख्यामा उपलब्ध हुनेछ। यही कारण कोरोना संक्रमित व्यक्तिमा मात्रै खोप पुग्ने उनको भनाइ थियो। स्वास्थ्यकर्मीले जोखिममा रहेका मानिसलाई प्राथमिकता दिनुपर्ने उनले जनाए।

यसैबीच जर्मन चान्सलर एजेला मर्केलले कोरोना संक्रमणका कारण देश गम्भीर अवस्थामा पुगेको बताएकी छन्। उनले कोरोना नियन्त्रण गर्न सरकारले कडा कदम उठाउन लागेको मर्केलले जनाइन्। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फ्रान्सले राजाधानी पेरिसमा कफ्र्यू लगाएको छ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९० लाख भन्दा धेरै पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या २ करोड ९२ लाख छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख बढी भएको छ।

सबैभन्दा धेरै प्रभावित बनेको मुलुक अमेरिकममा हालसम्म ८२ लाख ३ हजार १२५ जना संक्रमित भएका छन्। त्यहाँ २ लाख २२ हजार ५६३ जनाको मृत्यु भएको छ भने ५३ लाख ५ हजार ३५५ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ७३ लाख ६५ हजार ४३५ जना संक्रमित भएका छन्। भारतमा १ लाख १२ हजार १४४ जनाको मृत्यु भएको छ भने ६४ लाख ४८ हजार ५४५ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५१ लाख ४८ हजार ३४५ जना संक्रमित भएका छन् भने ब्राजीलमा मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९७१ पुगेको छ। त्यहाँ ४५ लाख ६८ हजार ८१३ जना उपचारपछि निको भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *