नेपाल प्रहरीमा ५ हजारभन्दा धेरैका लागि जागिरको अवसर, ८ कक्षा पास भए पुग्ने

डिसी नेपाल
३० असोज २०७७ ११:५०

काठमाडौं। नेपाल प्रहरीले ५ हजारभन्दा धेरै संख्यामा नयाँ प्रहरी कर्मचारी भर्ना गर्नेगरी विज्ञापन खोलेको छ । प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको विज्ञापनमा ५ हजार २ सय २७ जना प्रहरी जवान भर्नाका लागि इच्छुक नेपाली युवाहरुबाट दरखास्त मागिएको छ ।

खुला, अमर अशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिने शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा जनाइएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहनेहरुको न्यूनतम शैक्षिक योग्यता ८ कक्षा पास भए पुग्नेछ ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । देशभरका सबै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *