नुवाकोटमा मन्दिरमा पुजारीलेमात्र पूजा गर्न पाउने
![नुवाकोटमा मन्दिरमा पुजारीलेमात्र पूजा गर्न पाउने](https://www.dcnepal.com/wp-content/uploads/2020/10/shakti-peeth_b_21.jpg)
नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले दशैंको समयमा मन्दिर तथा शक्ति पीठहरु नियमित पूजा बाहेक भक्तजनका लागि प्रवेश निषेध गरेको छ।
मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।
मन्दिरमा हुने नियमित नित्य पूजाआजा भने नियमितरुपमा सूचारु गर्न अनुमति दिइएको उनले बताए। सोही कार्यको लागि स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि यस्तो निर्णण गरिएको उनले बताए।
महान चाड बडादशैंको समयमा विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन्। त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो।
Facebook Comment