सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

सङ्खुवासभा । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।
प्रतिक्रिया
Facebook Comment