स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन आग्रह

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बडा दशैँका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।
मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गरेका छन् । उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment