इटाली पढ्न जाने विद्यार्थीलाई कति लाग्छ खर्च ?

काठमाडौं। कोरोना महामारीले विश्वभर नै कहर मच्चाइरहे पनि नेपाली विद्यार्थीहरु उच्च शिक्षा पनि आर्जन हुने र अर्थोपार्जन पनि हुने भएपछि अब्रोड स्टडीमा आकर्षित छन्। विदेशमा पढाईका लागि यूरोपको इटाली पनि नेपाली विद्यार्थीको रोजाईमा पर्ने एक महत्वपूर्ण मुलुक हो।
इटालीका विश्वविद्यालयहरु विश्वमै राम्रो स्टाटस भएका हुनाले पनि नेपाली विद्यार्थीहरु इटाली पढ्न जाने गर्छन्।
र विद्यार्थीहरुको रुची इटालीतर्फ भएपछि कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीलाई त्यहाँका विश्वविद्यालयहरुमा पठाउने प्रक्रिया र सेवा दिइरहेका छन्। तर, कन्सल्टेन्सीले विद्यार्थीहरुबाट मोटो रकम असुलेको गुनासोहरु आइरहेको हुन्छ। इटालीमा पढ्न जाँदा वास्तावमा कति खर्च लाग्छ भन्ने प्रश्नको वरीपरी रहेर डिसी नेपालले इटालीमै अध्ययनरत विद्यार्थीहरुसँग कुरा गरेको छ।
डिसी नेपालका इटाली प्रतिनिधि विजय भुसालसँगको कुराकानीमा इटालीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सबै प्रक्रिया आफै गर्ने हो भने एक लाखभन्दा तल नेपाली रुपैयाँ खर्च हुने बताएका छन्। उनीहरुले इटालीका कुनै पनि विश्वविद्यालयमा अप्लीकेशनका लागि खर्च नलाग्ने बताएका छन्।
इटालीमा पीएचडी गरिरहेका हरि रिमालले आफै प्रक्रिया गरेर इटाली जान सकिने भन्दै त्यसका लागि कुनै समस्या नहुने बताए। यस्तै भर्खरै इटाली पुगेका इभिलिस शाक्यले आफै प्रक्रिया गरेर इटाली पुगेको भन्दै करिब एकलाख रुपैयामात्र खर्च भएको बताए।
इटालीमा विश्वविद्यालयले उपलब्ध गराउने स्कलरसिप भने त्यति सजिलो नभएको उनीहरुले बताएका छन्। अहिले कोरोनको महामारीको अवस्थामा त इटालीमा काम गर्दै पढौंला भन्ने सोच्नु गलत हहुने बताएका छन्। स्कलरसिप पाएमात्र अहिलेको अवस्थामा इटाली आउनु उपयुक्त हुने उनीहरुले बताएका छन्।
Facebook Comment